आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • मोरङमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर ७ २०८१०९:२३
    मोरङमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

    काठमाडौं । मोरङमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा दुई वटा मोटरसाइकल बिहीबार साँझ आपसमा ठोक्किएर भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा मोरङको कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ, सोही स्थानका २८ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे नगरपालिका–५ का ४२ वर्षीय दीपक धिमाल रहेकाे जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेद गौतमले जानकारी दिए ।  

    उनीहरूको उपचारका क्रममा मृत्यु भएको गौतमले बताए । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । 


    प्रतिक्रिया दिनुहोस