बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको भाउ १ हजार ५ सय रुपैयाँले बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर ७ २०८१११:३८
    सुनको भाउ १ हजार ५ सय रुपैयाँले बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो । 

    अघिल्लो दिन पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो । यस्तै महासंघका अनुसार चाँदीको मूल्य तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको थियो । जसअनुसार शुक्रबार तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको हो । 


    प्रतिक्रिया दिनुहोस