बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • लौरीले टाउकोमा हानेर छोराले गरे बुबाको हत्या 


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर १५ २०८००२:२७
    लौरीले टाउकोमा हानेर छोराले गरे बुबाको हत्या 

    रसुवा ।  उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका - ५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।
     
    निजले मादक पदार्थ सेवन गरेकै कारण बुबालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । परीक्षणका लागि शव रसुवा अस्पताल पुर्याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


    प्रतिक्रिया दिनुहोस