आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • वायनाडबाट प्रियंका गान्धी निर्वाचित


    हुलाक प्रेस

    • शनिबार, मंसिर ८ २०८११०:१३
    वायनाडबाट प्रियंका गान्धी निर्वाचित

    काठमाडौं । भारतीय लोकसभाको उपनिर्वाचनअन्तर्गत केरलको वायनाडबाट प्रियंका गान्धी भारी मतान्तरसहित विजयी भएकी छन् ।

    शनिबार भएको मतगणनामा भारतीय राष्ट्रिय कांग्रेसकी महासचिवसमेत रहेकी प्रियंका ६ लाख २२ हजार ३३८ मत ल्याएर विजयी भएकी हुन् । उनी ४ लाख १० हजार ९३१ मतान्तरले विजयी भइन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी कम्युनिष्ट पार्टी अफ इण्डियाका सथ्यान मोकेरीले २ लाख ११ हजार ४०७ मत पाए । भारतीय जनता पार्टीकी उम्मेदवार नाभ्या हरिदास १ लाख ९ हजार ९३९ मतसहित तेस्रो स्थानमा रहिन् ।

    यसअघि लोकसभा निर्वाचनमा वायनाडबाट कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी विजयी भएका थिए । उनी उत्तर प्रदेशको रायबरेली लोकसभा सिटबाट पनि विजयी भएका थिए । दुई स्थानमा विजयी भएका राहुलले वायनाड छाडेपछि उपनिर्वाचन भएको हो ।


    प्रतिक्रिया दिनुहोस