बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य एकैदिन तोलामा करिब १६ हजारले घट्यो, कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • सोमबार, मंसिर १० २०८१११:१२
    सुनको मूल्य एकैदिन तोलामा करिब १६ हजारले घट्यो, कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ हजार ९सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।  

    अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  

    आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ११५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४५ रुपैयाँ कायम भएको छ ।

    सरकारले सुनको साबिकको भन्सारदर २० प्रतिशतलाई घटाएर १० प्रतिशतमा झारेसँगै आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो । यस्तै चाँदीको भन्सार दर पनि १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ ।  


  • सम्बन्धित विषय:

  • # सुन
  • प्रतिक्रिया दिनुहोस