आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • आज काठमाडौंका यी स्थानमा बिजुली काटिने


    हुलाक प्रेस

    • मंगलबार, मंसिर ११ २०८१०८:२७
    आज काठमाडौंका यी स्थानमा बिजुली काटिने

    काठमाडौं । काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली अबरुद्ध हुने जनाएको छ । 

    प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।
     
    तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने प्राधिकरणले जनाएको छ । रासस


    प्रतिक्रिया दिनुहोस