बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य २ हजार ६ सय रुपैयाँले घट्यो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • मंगलबार, मंसिर ११ २०८११०:४४
    सुनको मूल्य २ हजार ६ सय रुपैयाँले घट्यो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । घरेलु बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।  

    अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।  आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० रुपैयाँ कायम भएको छ ।

    सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशत र चाँदीको भन्सार दर पनि १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमामा झारेसँगै अघिल्लो दिन सुनको मूल्यमा व्यापक गिरावट आएको थियो । 


    प्रतिक्रिया दिनुहोस