बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • स्थानीय तह उपनिर्वाचनः आजदेखि निषेधित अवधि सुरु हुँदै


    हुलाक प्रेस

    • बिहीबार , मंसिर १३ २०८११०:०२
    स्थानीय तह उपनिर्वाचनः  आजदेखि निषेधित अवधि सुरु हुँदै

    काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनको  निषेधित (मौन) अवधि आजबाट सुरु हुँदै छ । 

    राति १२ बजेदेखि निषेधित अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था छ । निषेधित अवधिमा कुनै पनि उमेदवार वा अन्य व्यक्तिले निर्वाचनको प्रचारप्रसार गर्न पाउँदैन । 

    आगामी आइतबार मतदान हुँदै छ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ । 

    निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । 
     


    प्रतिक्रिया दिनुहोस