बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • युद्धबिरामपछि इजरायलले गरेको आक्रमणमा परेर १७८ जना मारिए


    हुलाक प्रेस

    • शनिबार, मंसिर १६ २०८००२:२३
    युद्धबिरामपछि इजरायलले गरेको आक्रमणमा परेर १७८ जना मारिए

    एजेन्सी । युद्धविराम अन्त्यपछि गाजा क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी १७८ जना मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    गाजामा सात दिने युद्धविराम हिजो बिहान सकिएलगत्तै इजरायलले आक्रमण तीव्र पारेको थियो। इजरायल र हमास लडाकु समूहले एकअर्कालाई युद्धबिरामको समय विस्तार गर्न सहमत हुन नसकेको आरोप लगाएको बीबीसीले जनाएको छ।

    इजरायलले दक्षिणी गाजाका केही इलाकाका बासिन्दालाई इजिप्टको सिमाना नजिकै रहेको रफाहतर्फ जान र दक्षिणतर्फ जान आग्रह गर्दै पर्चाहरू छोडेको छ। गएको अक्टोबर ७ तारिखदेखि सुरु भएको लडाइँ एक हप्ता रोकिएको थियो। युद्धविराम अवधिमा दुई पक्षले सहमतिअनुसार बन्धक बनाएका केही नागरिकलाई रिहा गरेका थिए।


    प्रतिक्रिया दिनुहोस