आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • निगमलाई वाइडबडी जहाज बेच्न घुस दिने दीपक शर्मा दोषी ठहर


    हुलाक प्रेस

    • सोमबार, मंसिर १७ २०८१०७:४०
    निगमलाई वाइडबडी जहाज बेच्न घुस दिने दीपक शर्मा दोषी ठहर

    काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा नेपाली मूलका बेलायती व्यवसायी दीपक शर्मा दोषी ठहर भएका छन् । शर्माले अमेरिकी ‘फरेन करप्ट प्राक्टिसेस एक्ट’ (एफसीपीए)को घुसविरुद्धका प्रावधान उल्लंघन गरेको ठहर भएको हो ।

    निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेसनबाट दुईवटा वाइडबडी जहाज किनेको थियो । त्यसका लागि निगमले २४ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो ।

    एफसीपीए वेबसाइटमा प्रकाशित जानकारी अनुसार, शर्माले निगमका दुईवटा 'ए३३०–२००' वाइडबडी विमान खरिदबिक्रीमा बिचौलियाको भूमिका निर्वाह गरेका थिए । शर्माले निगमलाई विमान बेच्न ठेक्का दिलाउन नेपाली अधिकारीलाई घुस दिएका थिए ।

    सन् २०१८ को मे र अगस्टबीच बिचौलियामार्फत करिब २.५ मिलियन डलर भुक्तान गरिएको थियो, जसको एक हिस्सा सम्झौतामा संलग्न नेपाली अधिकारीहरूका लागि थियो ।

     


    प्रतिक्रिया दिनुहोस