आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै


    हुलाक प्रेस

    • मंगलबार, मंसिर १८ २०८१०४:३५
    अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै

    काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउने भएका छन् । 

    उनी भारतबाट श्रीलंका हुँदै नेपाल भ्रमणमा आउन लागेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

    विदेश मन्त्रालयका अनुसार उनले डिसेम्बर ३ देखि १० सम्म भारत, श्रीलंका र नेपालको भ्रमण गर्नेछन् । उनी डिसेम्बर ३ मा भारत आइपुग्ने छन् भने डिसेम्बर ५ मा श्रीलंका पुग्ने कार्यक्रम छ । 

    उनको भ्रमणले क्षेत्रीय समृद्धि र सुरक्षा प्रवर्द्धन गर्न दक्षिण एसियाका प्रमुख साझेदारहरूसँगको सहकार्यलाई मजबुत बनाउने विश्वास अमेरिकी विदेश मनत्रालयले लिएको छ ।

    “सहायक विदेशमन्त्री लुले वातावरण संरक्षण, महिला सशक्तिकरण र दिगो विकासका क्षेत्रमा सहयोगलाई अगाडि बढाउन वरिष्ठ नेताहरूसँग भेटेर नेपाल भ्रमण समापन गर्नेछन्,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
     


    प्रतिक्रिया दिनुहोस