बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई ओलीले दिए नेपाल भ्रमणको निम्तो


    हुलाक प्रेस

    • मंगलबार, मंसिर १८ २०८१०८:०५
    चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई ओलीले दिए नेपाल भ्रमणको निम्तो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । 

    चीनको चारदिने औपचारिक भ्रमणका क्रममा बेइजिङमा रहेका प्रधानमान्त्री ओलीले मंगलबार राष्ट्रपति सी र समकक्षी लीसँगको भेटवार्तामा नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

    “नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न राष्ट्रपतिज्यूको तर्फबाट प्रधानमन्त्रीले राष्ट्रपति सीलाई आमन्त्रण गर्नुभयो,” भेटवार्तामा सहभागी परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भने ।

    जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमणको आमन्त्रणा गरेकामा धन्यवाद दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन् ।

    मंगलबार चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग द्वपक्षीय वार्ता गरेका थिए । वार्ताका क्रममा प्रधानमन्त्री ओलीले लीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । 

    “प्रधानमन्त्रीज्यूले चिनियाँ प्रधानमन्त्री लीलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभएको छ । चिनियाँ प्रधानमन्त्रीले अनुकूल समयमा नेपाल भ्रमण गर्ने बताउनुभयो,” प्रवक्ता ढकालले भने ।


    प्रतिक्रिया दिनुहोस