आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • राहत शिक्षकको नक्कली लाइसेन्स : तीन महिना कैद र १० हजार जरिवाना हुने फैसला


    हुलाक प्रेस

    • बिहीबार , मंसिर २० २०८१०८:३३
    राहत शिक्षकको नक्कली लाइसेन्स : तीन महिना कैद र १० हजार जरिवाना हुने फैसला

    काठमाडौं । धनुषाको बरुझियाका निमावि तहका राहत शिक्षक ब्रह्मदेव यादव शिक्षक लाइसेन्ससम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार उनलाई दोषी ठहर गरेको हो ।

    यादवलाई १० हजार रुपैयाँ जरिवानासहित तीन महिना कैद हुने फैसला गरिएको छ । उनले शिक्षक सेवा आयोगबाट जारी भएको भनेर नक्कली शिक्षक स्थायी अध्यापन अनुमतिपत्र पेस गरी ०६३ सालदेखि जागिर खाएका थिए ।


    प्रतिक्रिया दिनुहोस