आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • टीआरसी पदाधिकारीको सर्ट लिस्टमा परे ४० जना


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर २१ २०८१०७:२२
    टीआरसी पदाधिकारीको सर्ट लिस्टमा परे ४० जना

    काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारीका लागि ४० जनाको नाम सर्ट लिस्टमा परेको छ ।

    संक्रममणकालीन न्याय सम्बन्धी दुई आयोगका लागि नाम सिफारिस गर्न गठन भएको पदाधिकारी सिफारिस समिति (सर्च कमिटी)ले अध्यक्षमा ८ जना र सदस्यमा ३२ जनाको नाम तय गरेको हो ।

    सर्च कमिटीका प्रवक्ता खम्बबहादुर खातीका अनुसार उनीहरूविरुद्ध पाँच दिनको उजुरी आह्वान भएको छ ।

    ‘उजुरी दिने दाबी/विरोध गर्ने समय पाँच दिन दिइएको छ । त्यसपछि तीन दिन उहाँहरूको प्रस्तुतीकरण हुन्छ । त्यस आधारमा यही मंसिर ३० गतेसम्म आयोगमा पदाधिकारी सिफारिस गर्ने तयारी गरिएको छ’ प्रवक्ता खातीले भने । सर्च कमिटीलाई दिइएको समय पुस २ गते सकिनेछ । त्यस अगाडि नै काम सकाउने कमिटीको तयारी छ ।

    प्रवक्ता खातीका अनुसार दुई आयोगको अध्यक्षका लागि ८ जनाको नाम सर्ट लिस्टमा परेको छ । जसमा डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापति, विश्वराज कोइराला, सुदिप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल छन् । आयोगको पदाधिकारीमा १५६ जनाले आवेदन दिएका थिए ।


    प्रतिक्रिया दिनुहोस