आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • अण्डाको मूल्य बढ्यो


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर २१ २०८१०७:५६
    अण्डाको मूल्य बढ्यो

    चितवन । भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ।

    नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटा) ४ सय ७० रुपैयाँ र मझौलाको ४ सय ५५ कायम गरिएको छ।

    पोखरेलले जाडोका कारण उत्पादनमा कमी,अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मूल्य वृद्धि भएको बताए। उनका अनुसार यसअघि अण्डाको मूल्य ५ सय ५ रुपैयाँसम्म पुगेर क्रमशः घटेको थियो।

    मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन्। पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अण्डाको मूल्य वृद्धि भएको बताए। हाल दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएका उनले जानकारी दिए। रासस


    प्रतिक्रिया दिनुहोस