आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • राम-सीताको विवाह सम्पन्न, आज जन्तीलाई ५६ व्यञ्जन खुवाइने


    हुलाक प्रेस

    • शनिबार, मंसिर २२ २०८१११:३५
    राम-सीताको विवाह सम्पन्न, आज जन्तीलाई ५६ व्यञ्जन खुवाइने

    जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमीअन्तर्गत राम र जानकीको विवाह सम्पन्न भएको छ । 

    शुक्रबार साँझदेखि जानकी मन्दिरमा मिथिलाको वैदिक परम्परा अनुसार राम र जानकीको विवाहको विधि रातर चलेको थियो । त्यसअघि हिजो मुख्यदिन ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा राम र जानकीको डोला फेर गरी स्वयम्बर भएको थियो । दुवै डोला जनकपुरको परिक्रमा गरी जानकी मन्दिर पुगेपछि विवाहको काज सुरु भएको थियो ।

    मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको आज सातौंदिन रामकलेवा रहेको छ । आजको दिन जन्तीमा अयोध्याबाट आएका साधुशन्तलाई ५६ व्यञ्जन परिकार भोजन खुवाएर ससम्मान बिदाइ गरिने कार्यक्रम जानकी मन्दिर प्रांगणमा रहेको छ । जसलाई रामकलेवा भन्ने गरिन्छ ।

    यसअघि पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर र छैटौं दिन विवाहको विधि सम्पन्न भइसकेको छ । आज रामकलेवाको कार्यक्रमसँगै महोत्सवको विधिवत् समापन हुनेछ ।

    विवाहपञ्चमीमा आएका श्रद्धालु विवाहको काम सम्पन्न भएपछि घर फर्किन थालेका छन् । मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र देवी सीताको विवाह सम्पन्न भएको स्मरणमा यो महोत्सव प्रत्येक वर्ष उल्लासपूर्वक मनाउने परम्परा रहेको छ ।


    प्रतिक्रिया दिनुहोस