आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • नुवाकोटमा दुई छोरासहित आमा मृत फेला


    हुलाक प्रेस

    • आइतबार, मंसिर २३ २०८१०९:२५
    नुवाकोटमा दुई छोरासहित आमा मृत फेला

    नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा मृत भेटिएका छन् ।

    आफ्नै घरमा भित्रबाट आग्लो लगाएको अवस्थामा २४ वर्षीया चन्दीमाया तामाङ, पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

    घटनाबारे अनुसन्धान गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको छ । चन्दीमायाका  श्रीमान् रेसबहादुर घरमाथि रहेको बारीमा केराउ (मटरकोसा) टिप्न गएको समयमा घटना घटेको स्थानीयले बताएका छन् । 


    प्रतिक्रिया दिनुहोस