आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंको तापक्रम ५.५ डिग्री, कहाँ कति ?


    हुलाक प्रेस

    • मंगलबार, मंसिर २५ २०८११०:४२
    काठमाडौंको तापक्रम ५.५ डिग्री, कहाँ कति ?

    काठमाडौं । यो वर्षको हिउँदको पहिलो वर्षा भएसँगै देशभरको तापक्रम घटेसँगै चिसो बढेको छ । काठमाडौंमा छिटपुटसहित देशका केही स्थानमा आइतबार राति र सोमबार पानी परेको थियो ।

    मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ०८१ साल लागेयता काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो । यो वर्ष काठमाडौंमा यसअघिको कम तापक्रम यही मंसिर १९ गते ५.६ डिग्री सेल्सियस थियो ।

    सोही समयमा सोमबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस थियो । आइतबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

    महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –६.१ डिग्री सेल्सियस छ । सोमबार जुम्लाको न्यूनतम तापक्रम –५.० डिग्री सेल्सियस थियो । यो वर्ष लागेयता जुम्लाको कम न्यूनतम तापक्रम भने गएको आइतबार –७.४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

    मंगलबार डडेलधुराको न्यूनतम तापक्रम –०.१, वीरेन्द्रनगरको ३.५, ताप्लेजुङको ५.०, ओखलढुंगाको ५.२, दिपायलको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । हिउँदमा तापक्रम अझै घट्ने सम्भावना छ । हाल देशमा पश्चिमी वायुको प्रभाव छ ।

    महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।


    प्रतिक्रिया दिनुहोस