आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • रौतहटमा रुखमा ठोक्कियो जीप : आठ जनाको मृत्यु, पाँच घाइते


    हुलाक प्रेस

    • मंगलबार, मंसिर २५ २०८११०:४५
    रौतहटमा रुखमा ठोक्कियो जीप : आठ जनाको मृत्यु, पाँच घाइते

    रौतहट । बाराको गढीमाई मन्दिरको दर्शन गरेर सिरहा फर्कंदै गरेका तीर्थयात्री सवार बा१६च ३१६२ नम्बरको जीप रौतहटमा दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गए राति जीप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

    जीप अनियन्त्रित भई रुखमा ठोक्किएको थियो । दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३, बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फूलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए । चन्द्रनिगाहपुर अस्पतालमा मृतकको सनाखत गरिएको हो ।

    दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेवी महरालाई उपचारका निम्ति पर्साको वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ । रासस


    प्रतिक्रिया दिनुहोस