बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • मंगलबार, मंसिर २५ २०८११२:३५
    सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।


    प्रतिक्रिया दिनुहोस