काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ ।
शुक्रबार ३ सय रुपैयाँ घटेर १ लाख १९ हजार रुपैयाँमामा कारोबार भएको सुनको भाउ आइतबार भने एकै दिन १८ सय रुपैयाँले बढेर रेकर्ड कायम गरेको हो ।
यो मूल्य अहिलेसम्मकै उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्यमा पनि बढेको छ । आइतबार चाँदी प्रतितोला १५४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।