आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सशस्त्र प्रहरी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा


    हुलाक प्रेस

    • बुधबार, मंसिर २६ २०८१०८:४७
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सशस्त्र प्रहरी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । सशस्त्र प्रहरी निरीक्षकबाट राजीनामा दिएका छविलाल कुँवरमाथि नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    कुँवरले अनुसन्धान सुरु भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं २९ गण ज्वालामाई दाङबाट राजीनामा दिएका थिए । कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो ।

    अनुसन्धानमा कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको अख्तियारको आरोप छ ।

    झुटा प्रमाण पत्रकै आधारमा राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभसमेत प्राप्त गरेकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार कारबाहीको माग गरिएको अख्तियारले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस