आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • देशैभर जाडो बढ्यो, काठमाडौंको तापक्रम यो वर्षकै कम


    हुलाक प्रेस

    • शनिबार, मंसिर २९ २०८१०६:३६
    देशैभर जाडो बढ्यो, काठमाडौंको तापक्रम यो वर्षकै कम

    काठमाडौं । निरन्तर तापक्रम घटेपछि देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ ।

    शुक्रबार काठमाडौंको न्युनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन भएकोमा शनिवार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ । अघिल्लो साता ७ डिग्री सेल्सियस वरिपरि रहेको न्यूनतम तापक्रम केही दिनमै २ डिग्री सेल्सियस नजिक पुगेको हो ।

    जुम्ला, जोमसोम र जिरीको तापक्रम यसअघि नै माइनसमा पुगेको छ । जुम्लामा सबैभन्दा कम-७ मा झरेको छ । मंसिर सकिनै लाग्दा तराई र उपत्यकामा हुस्सु र कुहिरो पनि लागेको छ । त्यसले गर्दा पनि जाडो बढेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार र आइतबार देशभर सामान्यतया मौसम सफा रहनेछ । तर, तापक्रममा भने गिरावट आउन सक्छ । सोमबार भने उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना भएको जाडो अझै बढ्ने अनुमान छ ।


    प्रतिक्रिया दिनुहोस