आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पेट्रोल छर्किएर आफैंलाई आगो लगाएर घाइते भएकी आचार्यको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, मंसिर ३० २०८१०९:३६
    पेट्रोल छर्किएर  आफैंलाई आगो लगाएर घाइते भएकी आचार्यको मृत्यु

    काठमाडौं । आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा घाइते भएकी महिलाको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, किरातचोकमा बस्दै आएकी ३८ वर्षीया कमला आचार्यको मृत्यु भएको हो ।

    चितवनको रत्ननगर नगरपालिका–१२ की आचार्यले शनिबार शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनलाई प्रहरीले शनिबारै उद्धार गरेको थियो ।

    बा३५प ५८१८ नम्बरको स्कुटरमा आएर वाग्मती नदी किनारनजिकको खाली जग्गामा उनले आफूमाथि आगो लगाएकी थिइन् ।

    जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका निम्ति साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा लगिएको थियो । उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए ।

    कमलाका १३ र तीन वर्षीय दुई छोरा छन् । उक्त घटनास्थलनजिकै ‘सुसाइड नोट’ समेत फेला परेको थियो । त्यसमा उनले आफूखुसी आगो लगाएकाले कसैलाई दोष नदिन आग्रह गरेकी छन् । सुसाइड नोटमा उनले आफूले श्रीमान्‌को केयर समेत गर्न नसकेको उल्लेख गरिएको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस