आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, काठमाडौंमा बिदा


    हुलाक प्रेस

    • सोमबार, पुस १ २०८१०९:१७
    काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, काठमाडौंमा बिदा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको निधन भएको छ । आज बिहान उनको निवासमै निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ ।

    उनले २०५२ मंसिर २९ मा काठमाडौं नगरपालिकालाई महानगरपालिकामा घोषणा गरेका थिए । उनको पार्थिव शरीरलाई अहिले बिहान ११ बजेसम्म चाक्सीबारीमा राखिने भएको छ । यसैबीच काठमाडौं महानगरपालिकाले पनि आज शोक बिदा दिएको छ । अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहने निर्देशानुसार अनुरोध गरिएको महानगरले जनाएको छ । 

    ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए।  पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन्। ०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए। 


    प्रतिक्रिया दिनुहोस