बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गणपूरक संख्या नपुगेपछि अर्थ समितिको बैठक स्थगित


    हुलाक प्रेस

    • सोमबार, पुस १ २०८१०१:२८
    गणपूरक संख्या नपुगेपछि अर्थ समितिको बैठक स्थगित

    काठमाडौं । गणपूरक संख्या नपुगेपछि अर्थ समितिको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा १२ सांसद उपस्थित हुनुपर्नेमा आठ जनामात्रै उपस्थित भएपछि बैठक स्थगित गरिएको हो ।

    नेकपा (माओवादी केन्द्र) की सांसद गंगा कार्कीले गणपूरक संख्या नपुर्‍याएरै बैठक सञ्चालन गरिएको भन्दै विरोध जनाएकी थिइन् । उनले सत्तापक्षका सांसद नै बैठकमा उपस्थित नहुनु राम्रो नभएको र कोरम नपुगेर बैठक बस्न नमिल्ने बताइन् ।

    उनको विरोधपछि समितिका सभापति सन्तोष चालिसेले बैठक स्थगित गरे ।


    प्रतिक्रिया दिनुहोस