बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


    हुलाक प्रेस

    • सोमबार, मंसिर १८ २०८०११:११
    श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

    काठमाडौं । श्रीमतीको हत्या आरोपमा धादिङबाट एकजना पक्राउ परेका छन् ।

    धुनीबेँसी नगरपालिका–१, डुम्रेचौरका २७ वर्षीय रामचन्द्र बयलकोटीलाई प्रहरीले पक्राउ गरेको हो । 

    २० वर्षीया पवित्रालाई आइतबार दिउँसो बयलकोटीले स्थानीय कच्ची सडकमा धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    हतियार प्रहारपछि फरार रहेका बलयकोटीलाई राति करिब पौने ११ बजे धुनीबेँसी–७, खानीखोलाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    आइतबारै राति शव पोस्टमार्टमका निम्ति काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । 
     


    प्रतिक्रिया दिनुहोस