आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • कस्तो रहला आजको मौसम ?


    हुलाक प्रेस

    • बिहीबार , पुस ४ २०८१०८:४५
    कस्तो रहला आजको मौसम ?

    काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

    तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र थोरै स्थानमा कुहिरो लागेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
     


    प्रतिक्रिया दिनुहोस