आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • घान्द्रुकमा स्कार्पियो दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते


    हुलाक प्रेस

    • बिहीबार , पुस ४ २०८१०८:४७
    घान्द्रुकमा स्कार्पियो दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा स्कार्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना यात्रु घाइते भएका छन् ।

    अन्नपूर्ण गाउँपालिका–१० बतासेडाँडामा नयाँपुलबाट घान्द्रुतर्फ जाँदै गरेको ग १ ज ८६२१ नम्बरको स्कार्पियो बिहीबार दिउँसो दुर्घटना भएको हो ।

    दुर्घटनामा परेर मुस्ताङको थसाङ गाउँपालिका–१ की ७० वर्षीया भीमकुमारी थकालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले बताए ।

    घाइते ४ जनालाई उद्धार गरेर पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरेर अस्पताल ल्याइको पाठकले जानकारी दिए ।

    स्कार्पियोमा चालकसहित ७ जना सवार थिए । चालकसहित एक यात्रु भने सकुशल रहेकी छन् । स्कार्पियोमा सवार आन्तरिक पर्यटक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

     


    प्रतिक्रिया दिनुहोस