बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जडिबुटीमा अरनिको यातायातले बनाएको बसपार्क भत्काउने कार्य नगर्न उच्च अदालतको आदेश


    हुलाक प्रेस

    • शुक्रबार, असोज १२ २०८००६:२४
    जडिबुटीमा अरनिको यातायातले बनाएको बसपार्क भत्काउने कार्य नगर्न उच्च अदालतको आदेश

    काठमाडौं । उच्च अदालत पाटनले पूर्वअरनिको यातायातले काठमाडौंको जडिबुटीमा सञ्चालन गरेको बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ।  

    उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले उक्त बस पार्क नभत्काउन काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो।

    अदालतबाट सो मुद्दाको अन्तिम किनारा नलागेसम्म बसपार्क भत्काउने कार्य नगर्न/नगराउन महानगरलाई भनेको हो। काठमाडौं महानगरपालिकाले काठमाडौंबाट छुट्ने सबै सार्वजनिक सवारी नयाँ बसपार्कबाट चल्नुपर्ने व्यवस्था गरेको थियो। 

    तर,पूर्वअरनिको यातायात प्रालीले महानगरको सो निर्णय नमान्ने भन्दै नयाँ बसपार्कबाट बस सञ्चालन गर्न तयार भएको थिएन। पूर्वअरनिको यातायातले जडिबुटीमा १४ रोपनी जग्गा लिएर बसपार्क चलाइरहेको छ। 

    यसलाई नै महानगरपालिकाले बसपार्कको मान्यता दिनुपर्ने माग गर्दै उसले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो।उच्चले छलफलका लागि दुवै पक्षलाई असोज २१ गतेका लागि बोलाएको छ।


    प्रतिक्रिया दिनुहोस