बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य नयाँ उचाइमा, बढ्यो प्रतितोला ८ सय रुपैयाँ


    हुलाक प्रेस

    • सोमबार, मंसिर १८ २०८००१:०४
    सुनको मूल्य नयाँ उचाइमा, बढ्यो प्रतितोला ८ सय रुपैयाँ

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ ।

    आइतबार प्रतितोला रु एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु आठ सयले बढेर प्रतितोला रु एक लाख २१ हजार छ सय पुगेको हो ।

    नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार कायम भएको छ ।

    आइतबार तेजावी सुन प्रतितोल रु एक लाख २० हजार दुई सयमा कारोबार भएको थियो ।

    साथै चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय ४५ मा कायम भएको छ ।


    प्रतिक्रिया दिनुहोस