बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना


    हुलाक प्रेस

    • आइतबार, पुस ७ २०८११०:०९
    उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना
    फाइल तस्वीर

    काठमाडौं । आज आइतबार देशभरका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ। 

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार बिहान कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ ।

    हाल देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ। आज दिउँसो कोशी, बाग्मती, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    तराई क्षेत्रमा मुख्यतया सफा रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। हिमाली क्षेत्रमा आंशिक बदली रही राति हिमपातको सम्भावना रहेको छ। 

    कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र तराईमा कुहिरोको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


    प्रतिक्रिया दिनुहोस