आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • टिकटक बनाउने क्रममा लडेर शिक्षक र विद्यार्थीको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, पुस ७ २०८११०:३०
    टिकटक बनाउने क्रममा लडेर शिक्षक र विद्यार्थीको मृत्यु

    विराटनगर । खोलामा टिकटक बनाउन खोज्दा तेह्रथुममा दुई जनाको मृत्यु भएको छ ।

    शनिबार तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भटराईको मृत्यु भएको हो ।

    खोंचमा खसेका कारण दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डीएसपी चिनिमाया तामाङले बताइन् । उनका अनुसार फोटो भिडियो खिच्ने क्रममा लडेको देखिन्छ ।

    शनिबार विद्यार्थीसहितको टोली खोरुङ्गा खोलामा नुहाउन गएको थियो । नुहाउने क्रममा मृतक दुईसहित अर्की एक विद्यार्थी टिकटक भिडियो बनाउने भन्दै हिंडेका थिए । भिडियो बनाउने क्रममा दुई जना खोचमा खसे । दुई जना खोचमा खसेको खबर सँगै गएका विद्यार्थीले ल्याएका थिए ।


    प्रतिक्रिया दिनुहोस