शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • एनसेलको सेयर बिक्रीप्रति लेखा समितिक चासो


    हुलाक प्रेस

    • सोमबार, मंसिर १८ २०८००१:१६
    एनसेलको सेयर बिक्रीप्रति लेखा समितिक चासो

    काठमाडौं । सार्वजनिक लेखा समितिले निजी कम्पनीको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयर बिक्रीप्रति चासो देखाएको छ। 

    समितिले आइतबार आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै एनसेलमा रहेको आजियटा ग्रुपको सेयर खरिद बिक्री वा स्वामित्व हस्तान्तरण भएको सम्बन्धमा आधिकारिक जानकारी माग गरेको हो। 

    समितिले आफ्ना प्रारम्भिक जिज्ञासा भन्दै नौ बुँदामा सम्बन्धित निकायसँग विभिन्न प्रश्न गर्दै जबाफ माग गरेको छ। जसमा एनसेलको शेयर खरिद बिक्री सम्बन्धी आधिकारिकता, शेयर खरिद बिक्री गर्दा नेपालको कानुनी व्यवस्था परिपाल भए नभएको, सेयर धनीको सेयर खरिद बिक्रीवा नामसारी गर्नुपूर्व नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान पूरा गरे नगरेको, कानुनी प्रावधान परिपालना नभएको अवस्थामा हुने कारबाही लगायतका विषयमा विभिन्न जिज्ञासासहितका प्रश्न सम्बन्धित निकायलाई सोधिएको छ। 

    यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेयर खरिदबिक्रीसम्बन्धी जानकारी माग गरेको थियो। जसको जबाफ आजियटाले अझै दिएको छैन।

    371505793_2272209629826309_2381932075580532833_n.jpg

     


    प्रतिक्रिया दिनुहोस