आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • आज साँझबाट पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिने, वर्षाको सम्भावना


    हुलाक प्रेस

    • सोमबार, पुस ८ २०८१०८:०३
    आज साँझबाट पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिने, वर्षाको सम्भावना

    काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज साँझबाट पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिने भएको छ । उक्त प्रणाली सक्रिय भएपछि वर्षा सुरु हुनेछ । यो वर्षको हिउँदको दोस्रो वर्षा आज रातिबाट सुरु हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । 

    कर्णाली प्रदेशका पहाडी क्षेत्रमा राति साधारणतया बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

    सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । 

    तराईलगायत पहाडी भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।  

     


    प्रतिक्रिया दिनुहोस