आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • रवि लामिछानेको मुद्दामा आजदेखि थुनछेक बहस हुने


    हुलाक प्रेस

    • सोमबार, पुस ८ २०८१०८:५७
    रवि लामिछानेको मुद्दामा आजदेखि थुनछेक बहस हुने

    पोखरा । कात्तिक २ गतेयता कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आइतबार तीनवटा कसुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दायर गरेको हो ।

    जिल्ला सरकारी वकिलको कार्यालयले यही पूरक अभियोगपत्रबाट कारबाही सुरु गर्न समेत माग गरेको छ । लामिछानेमाथि अन्तिमपटक थपिएको म्याद शुक्रबार रातिदेखि सकिएको थियो । त्यसपछि एकैपटक आइतबार लामिछानेविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

    लामिछानेविरुद्ध दर्ता भएको मुद्दामा सोमबार (आज)देखि थुनछेक बहस हुनेछ । त्योभन्दा अगाडि जिल्ला अदालत कास्कीको कार्यालयमा कुन न्यायाधीशको इजलासमा बहस हुने त्यसका लागि गोलाप्रथाद्वारा पेसी तोकिनेछ । जिल्ला अदालत कास्कीमा ६ जना न्यायाधीश छन् । पेसी तोकिएपछि मात्रै थुनछेक बहस अगाडि बढ्नेछ ।

    लामिछानेका कानुन व्यवसायी, जाहेरवालाकर्ताका कानुन व्यवसायी र सरकारका तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयले बहस गर्नेछन् । बहस सकिएपछि मात्रै लामिछानेलाई थुनामा पठाउने, धरौटीमा छाड्ने अथवा सामान्य तारेखमा छोड्ने भन्ने आदेश आउनेछ । लामिछानेमाथि अभियोजन गरिएका तीनवटा मुद्दामा ३० करोडभन्दा बढी बिगो माग गरिएको छ ।

    उनीविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको पहिलो कसुरमा आरोप दायर भएको छ । यसमा रविको मात्रै तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

    रविविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा बिगो माग गरिएको छ ।

    सम्पत्ति शुद्धीकरणमै लामिछानेको सम्पत्ति वा साधन पनि जफत गर्न माग गरिएको छ । सम्पत्ति जफत प्रयोजनकै लागि सरकारी वकिलले उनकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको छ । रविविरूद्ध अर्को कसुर संगठित अपराधको छ ।


    प्रतिक्रिया दिनुहोस