काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको भाउ ५ रुपैयाँ बढेर तोलाको एक हजार ७ सय ९५ मा कारोबार भइरहेको छ । आइतबार तोलाको एक हजार ७ सय ९० मा कारोबार भएको थियो ।