आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • क्रिसमस मनाउन राक्सिराङ गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा


    हुलाक प्रेस

    • सोमबार, पुस ८ २०८१०९:३८
    क्रिसमस मनाउन राक्सिराङ गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा

    काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले भोलि र पर्सि (मंगलबार र बुधबार) सार्वजनिक बिदा दिएको छ । इसाई धर्मावलम्बीहरूले मनाउने क्रिसमसको उपलक्ष्यमा गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो ।

    यो गाउँपालिकामा इसाई धर्मावलम्बीहरूको उल्लेख्य बसोबास रहेको छ ।

    गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरू बन्द रहने अध्यक्ष राजकुमार मल्लले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।


    प्रतिक्रिया दिनुहोस