बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सर्वोच्च बारको अध्यक्षमा तीन जनाको उम्मेदवारी


    हुलाक प्रेस

    • सोमबार, पुस ८ २०८१०९:४३
    सर्वोच्च बारको अध्यक्षमा तीन जनाको उम्मेदवारी

    काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ।

    यही पुस २० गते हुने निर्वाचनमा अध्यक्षका लागि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, वरिष्ठ अधिवक्ता महेश कुमार थापा र अधिवक्ता प्रेमसिंह धामीको उम्मेदवारी परेको हो। यस्तै,उपाध्यक्ष र सचिवमा पनि तीन–तीन जनाको उम्मेदवारी परेको छ।

    उपाध्यक्षमा अधिवक्ता अम्मर बहादुर राउत, अधिवक्ता भिष्मराज कडरीया र वरिष्ठ अधिवक्ता उत्तम बहादुर श्रेष्ठको उम्मेदवारी परेको छ भने सचिवमा अधिवक्ताहरु रमण कुमार कर्ण, पुष्पराज पौडेल र प्रभाकर श्रेष्ठको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस