काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको छ ।
डेमोक्र्याटका प्रवक्ताका अनुसार क्लिन्टनलाई ज्वरो आएपछि परीक्षण र अवलोकनका लागि सोमबार साँझ वाशिङटन डीसीस्थित जर्जटाउन युनिभर्सिटी मेडिकल सेन्टरमा भर्ना गरिएको हो ।
तर उनको पछिल्लो अवस्था कस्तो भन्नेबारे केही खुलाइएको छैन । यद्यपि अमेरिकी मिडिया रिपोर्टले क्लिन्टन निको हुने आशा गरिएको छ ।
सन् १९९३ देखि २००१ सम्म उनी अमेरिकाको ४२ औं राष्ट्रपति बनेका थिए । ७८ वर्षीय क्लिन्टनलाई अन्तिम पटक सन् २०२१ मा क्यालिफोर्नियामा छ दिनसम्म उनको रगतमा संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनी विगतमा मुटुको समस्याबाट पनि पीडित रहेको बताइएको छ ।