काठमाडौं । नुवाकोटमा २६ वर्षीया महिलाको बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ककनी गाउँपालिका–७, चतुरालेका २९ वर्षीय सन्तराम तामाङ रहेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ तामाङलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
पुस ३ गते सन्तरामले ती महिलाको बलात्कार गरेको उजुरी परेपछि प्रहरीले तामाङको खोजी कार्य जारी गरेको थियो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।