बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • तीन महिनापछि माथिल्लो तामाकोसीबाट पुनः बिजुली उत्पादन सुरु


    हुलाक प्रेस

    • मंगलबार, पुस ९ २०८१०८:५१
    तीन महिनापछि माथिल्लो तामाकोसीबाट पुनः बिजुली उत्पादन सुरु

    काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जलविद्युत्‌गृहमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट आंशिकरूपमा विद्युत् उत्पादन सुरु भएको छ ।

    गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्‍याएका संरचनाको आंशिक मर्मतसम्भार गरेर ८८ दिनपछि मंगलबार बेलुका ७:४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरिएको हो । उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ ।

    हाल नदीमा उपलब्ध पानीको बहाबलाई पूर्णरूपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।

    अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाब उच्च भएपछि गत असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो ।


    प्रतिक्रिया दिनुहोस