बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एनसेलको सेयर बिक्रीका विषयमा सरकारलाई आधिकारिक जानकारी छैन : मन्त्री डा महत


    हुलाक प्रेस

    • मंगलबार, मंसिर १९ २०८०११:३६
    एनसेलको सेयर बिक्रीका विषयमा सरकारलाई आधिकारिक जानकारी छैन : मन्त्री डा महत

    चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताएका छन् । 

    चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उनले एनसेलको सेयर बिक्रीका विषयमा आधिकारिकरूपमा सरकारलाई जानकारी नभएको बताएका हुन् ।

    उनले भने, “हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय टेलिकम हो । यो ठूलो किनबेच  गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।” 

    कुराकानीको क्रममा उनले  देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिए । 
    उनले भने, “नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह रेमिट्यान्स बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् । ” 

    उनले घरजग्गाको कारोवार सुधार हुन लागेको पनि बताए । 

    अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जानकारी दिँदै महतले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको बताए । 


    प्रतिक्रिया दिनुहोस