बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेप्सेमा तयार भएको ‘बुल’ ६ महिनादेखि अलपत्र, अख्तियारमा उजूरी पुग्यो


    हुलाक प्रेस

    • मंगलबार, पुस ९ २०८१०९:५५
    नेप्सेमा तयार भएको ‘बुल’ ६ महिनादेखि अलपत्र, अख्तियारमा उजूरी पुग्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा तयार भएको बुलको प्रतिमा ६ महिनादेखि अलपत्र परेको छ । गत भदौमा नै तयार भएको नेप्से बुलको हालसम्म पनि उद्घाटन हुन सकेको छैन । बुल निर्माणका क्रममा अनियमितताको आरोपमा अख्तियारमा उजूरी पर पछि नेप्से बुलको उद्घाटन अलपत्र परेको हो ।  

    पछिल्लोपटक लगानीकर्ताहरुले नेप्सेको प्राङ्गणमा बनेको बुललाई बाच्छो भनेर टिप्पणी गरेपछि नेप्सेले बुलमा जुरो हाल्ने काम गरेको थियो । यहि बीचमा अख्तियारमा उजूरी परेपछि नेप्से प्राङ्गणमा तयार भएको नेप्से बुल अब तत्कालै उद्घाटन हनु नसक्ने देखिएको छ । तर नेप्सेका अधिकारीले भने ठेकेदारले काम नसकेको भन्दै उद्घाटनमा ढिला भएको बताउँदै आएका छन् ।  

    विश्वका प्रायःजसो स्टक मार्केटमा बुलको प्रतिमा राखिएको हुन्छ । अमेरिकाको न्यूयोर्कमा सन् १९८९ मा बुलको प्रतिमा राखिएको थियो । त्यहाँस्थित आरटुरो डी मोडिका नाम गरेका कालिगढले बुलको प्रतिमा राखेका थिए । जुन ठाउँ अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ । अमेरिकामा सन् १९८७ को वियर मार्केट पछि बुलको प्रतिमा राखिएको थियो ।  

    नेपालमा पनि लगानीकर्ताहरुको लामो समयको माग पछि नेप्सेको प्राङ्गणमा बुलको प्रतिमा राखिएको हो । तर यो बुल भने तयार भएको लामो समयसम्म पनि उद्घाट्न हुन सकेको छैन ।


    प्रतिक्रिया दिनुहोस