आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • धर्मपुत्रमाथि दुई वर्षसम्म यौन शोषण गर्ने समलिंगी दम्पतीलाई १०० वर्षको जेल


    हुलाक प्रेस

    • बुधबार, पुस १० २०८१०८:५७
    धर्मपुत्रमाथि दुई वर्षसम्म यौन शोषण गर्ने समलिंगी दम्पतीलाई १०० वर्षको जेल

    काठमाडौं । अमेरिकाको जर्जिया राज्यमा एक समलिंगी दम्पतीलाई एक सय वर्षको जेल सजाय सुनाइएको छ । धर्मपुत्र सन्तानमाथि दुई वर्षसम्म यौन दुर्व्यवहार गरेको अभियोगमा ३४ वर्षीय विलियम जुलक र ३६ वर्षीय जाचरी जुलक दोषी ठहर भएका हुन् ।

    गत साता सुनाइएको सजायमा प्यारोल दिने प्रावधान पनि खारेज गरिएको थियो । अभियुक्तले केही वर्षअघि एउटा एजेन्सीबाट दुई बच्चालाई धर्मपुत्रका रूपमा लिएका थिए । अहिले उनीहरूको उमेर १२ र १० वर्ष भयो ।

    उनीहरूले साथीहरूसँग बचाहरूमाथि यौन दुर्व्यवहार गरिएको तस्बिर र भिडियो सेयर पनि गरेका थिए । उनीहरूले दुवैले आफूमाथि लगाइएका सबै आरोप स्वीकार गरेका छन् ।

    उनीहरू सन् २०२२ मा पक्राउ परेका थिए । लामो अनुसन्धानपछि उनीहरू दोषी ठहर भएका हुन् ।

    मिडिया रिपोर्टका अनुसार, उनीहरूले बचाहरूलाई दिनहुँ यौन सम्पर्क गर्न बाध्य पार्थे । उनीहरूले बचाहरूलाई अन्य दुई व्यक्तिसँग पनि यौन सम्पर्क राख्न लगाएको खुलेको थियो । त्यसको भिडियो बनाएर उनीहरू पोर्नोग्राफीको गिरोहलाई बेच्ने गर्थे ।

    टाइम्स अफ इन्डियाबाट ।


    प्रतिक्रिया दिनुहोस