आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सूर्यदर्शन सहकारी ठगी प्रकरणः एमाले नेतृ मीना गुरुङ पक्राउ


    हुलाक प्रेस

    • बुधबार, पुस १० २०८१०९:३८
    सूर्यदर्शन सहकारी ठगी प्रकरणः एमाले नेतृ मीना गुरुङ पक्राउ

    काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा प्रतिवादी बनाइएकी गण्डकी प्रदेश सभाकी पूर्वसदस्य मिना गुरुङ पक्राउ परेकी छन् ।

    मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले गुरुङलाई पक्राउ गरेको हो । नेकपा एमालेकी नेतृ गुरुङ सूर्यदर्शन सहकारीकी पूर्वउपाध्यक्ष हुन् । 

    गुरुङ २०६५ देखि २०६८ सालसम्म सूर्यदर्शन सहकारीकी सञ्चालक समिति सदस्य भएर काम गरेकी थिइन्। उनी रहेको समितिले दुई पटक ५३ लाख ७६ हजार ३०८ रुपैयाँ र २६ लाख ७७ लाख ४०१ रुपैयाँ अपचलन गरेको अभियोग पत्रमा उल्लेख छ ।

    यस्तै पूर्वकोषाध्यक्ष आरती गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार जिल्ला अदालत कास्कीमा दायर गरेको मुद्वामा मिना र आरतीलाई पनि प्रतिवादी बनाइएको छ ।

    पूरक अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने, पूर्वडिआइजी छविलाल जोशी, गिता पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।


    प्रतिक्रिया दिनुहोस