बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुन्थ्यो: उषाकिरण तिम्सिना


    हुलाक प्रेस

    • बुधबार, पुस १० २०८१०९:२९
    पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुन्थ्यो: उषाकिरण तिम्सिना

    काठमाडौं । नेकपा एमालेको निलम्बनमा परेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी नेतृत्वले पञ्चको नक्कल गरेको आरोप लगाएकी छिन् । 

    आज बुधबार बसेको एमाले सचिवालय बैठकले पार्टीले सोधेको स्पष्टीकरणमा गल्ती महसुस नगरेको भन्दै तिम्सिनासहित विन्दा पाण्डेलाई ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाटै निष्कासन गरेको छ । 

    आफूमाथिको कारबाहीबारे सामाजिक सञ्जालमा लेख्दै तिम्सिनाले पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल गरेर आफूहरूलाई कारबाही गरिएको उल्लेख गरेकी हुन् । 

    आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं.१ अन्तर्गत शिवपुरी गाँउपालिका कमिटीको शपथ ग्रहण कार्यक्रम सकेर भर्खर घर आइपुगेको उनले बताएकी छिन् । 
     
    ‘‘तल्लो तहका आमकार्यकर्ता, तिनको लगाव, मिहिनेत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछ,’’ उनले लेखेकी छिन्, ‘पञ्चायतविरुद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो ।’ 


    प्रतिक्रिया दिनुहोस