काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मुल्यले अहिलेसम्मकै रेकर्ड कायम गर्दै प्रतितोला एक लाख २१ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज भने तोलामै दुइ हजार चार सय रूपैयाँ घटेको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।