आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन


    हुलाक प्रेस

    • शुक्रबार, पुस १२ २०८१०८:३६
    भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

    काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार सिंहको निधन भएको हो ।

    सिंहको स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा भर्ना गरिएको थियो । एम्सको मिडिया सेलले सिंहको निधन भएको जानकारी दिएको छ । घरमै बेहोस भएपछि उनलाई एम्सको इमर्जेन्सीमा ल्याइएको थियो । राति ९ः५१ बजे उनको मृत्यु भएको जनाइएको छ ।

    मनमोहन सिंह दुईपटक भारतको प्रधानमन्त्री भइसकेका छन् । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए ।

    उनी सन् १९९१–९६ सम्म देशको अर्थमन्त्री थिए । त्यतिबेला पीवी नरसिंह राव देशको प्रधानमन्त्री थिए । नरसिंह रावलाई देशमा आर्थिक उदारीकरणका पिता मानिन्छ । मनमोहन सिंहले त्यतिबेला आफ्नो नीति कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

     


    प्रतिक्रिया दिनुहोस