बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अण्डाको मूल्य फेरि बढ्यो, कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • शुक्रबार, पुस १२ २०८११०:१६
    अण्डाको मूल्य फेरि बढ्यो, कति पुग्यो भाउ ?

    काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । आज संघको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार मानी शनिबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।

    शनिबारबाट मध्यम अण्डाको मूल्य पाँच सय रुपैयाँ प्रतिक्रेट पर्नेछ । यस्तै ठूलो अण्डाको मुल्य प्रतिक्रेट ५ सय १४ रुपैयाँ पुगेको हो । यसअघि २७ मंसिरमा संघले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४७० रुपैयाँ र ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४८५ रुपैयाँ तोकेको थियो ।

    संघले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पु¥याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटि १४० रुपैयाँ थप लाग्ने जनाएको छ ।

     


    प्रतिक्रिया दिनुहोस